Sunday May 19, 2024
BS 2081 Jestha 6
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

कण्डम र पिल्स निशुल्क बाँड्न राष्ट्रपतिको आदेश

Jan 13, 2017 under Interesting 143

भ्रष्टचारीलाई हेलिकप्टरबाट खसाल्नेलगायतका विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आएका फिलिपिन्सका राष्ट्रपतिले अर्को चर्चित आदेश जारी गरेका छन् ।  à¤°à¤¾à¤·à¥à¤Ÿà¥à¤°à¤ªà¤¤à¤¿ रोडि्रगो डुटेर्टेले ६० लाख महिलालाई निशुल्क रुपमा गर्भनिरोधका साधन बाँड्न सरकारी निकायहरुलाई आदेश दिएका हुन् ।

खासगरी गरीब महिलाहरुमा अनिच्छित गर्भाधारण कम गर्ने आफ्नो इच्छा अनुसार यस्तो आदेश जारी गरिएको उनको भनाई छ । राष्ट्रपतिको यस्तो आदेशको रोमन क्याथोलिक चर्चहरुबाट तिव्र रुपमा विरोध हुने अपेक्षा गरिएको छ । ८० प्रतिशत फिलिपिनोहरु रोमन क्याथोलिक धर्माबलम्बी हुन् ।

यसअघिका राष्ट्रपतिलाई देशमा गर्भनिरोधक साधनको विस्तार गर्ने सम्बन्धी विधयेक पारित गर्न वर्षौँसम्म संघर्ष गर्नुपरेको थियो । तर गर्भपतन विरोधी समूहहरुको उजुरीपछि त्यहाँको सर्वोच्च अदालतले गतवर्ष अस्थायी साधन वितरणको काम अस्थायी रुपमा रोक्न आदेश दिएको थियो । सर्वोच्चको यस्तो आदेश खारेज गर्न माग गर्दै सरकारले पुनरावेदन गरिसकेको छ ।

अनिच्छित गर्भाधारणका कारण बढेको जन्मदरलाई फिलिपिन्समा गरिबी निवारणमा प्रमुख चुनौती मानिएको छ । अहिले फिलिपिन्सको गरिबी २१ दशमलव ६ प्रतिशत छ र सन् २०२२ सम्ममा १३ प्रतिशतमा झार्ने लक्ष्य छ ।

No news.
Australian Dollar to Nepalese Rs